अख्तियारको नियन्त्रणमा राष्ट्रिय अनुसन्धान केन्द्रका लेखापाल श्रेष्ठ

कात्तिक ५, काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा  राष्ट्रिय अनुसन्धान केन्द्रका लेखापाल श्रीराम श्रेष्ठलाई २ लाख रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन्  । कृषि मन्त्रालयको नार्कअन्तरगत गाई अनुसन्धान कार्यक्रमको ललितपुरको खुमलटारस्थित कार्यालयमा घुस लिदालिदै आयोगको टोलीले लेखा अधिकृत श्रेष्ठलाई पक्राउ गरेको बताइएको  छ ।उक्त  घटनाबारे थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ । अखितयारका अनुसार यही साता मात्रै विभिन्न निकाएमा गरेर करिब दर्जन भ्रष्टाचारीहरु पक्राउ परिसकेका छन् ।