बस, र ट्यांकर ठोक्किदा ५ जनाको मृत्यु, १८ जना घाइते

कात्तिक ५, काठमाडौँ- बाराको अमलेखगञ्जमा बस, ट्रक र ट्यांकर एकापसमा ठक्कर खाँदा ५ जनाको मृत्यु भएको छ । घटनामा २ महिला र ३ जना पुरुषको ज्यान गएको मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ । दुर्घटनामा परी १८ जना यात्रु घाइते भएका छन् । गम्भिर घाईते १५ जनालाई उपचारका लागि चितवनको भरतपुर ल्याइएको छ, भने अन्यको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ । बाराको अमलेखगञ्जस्थित ३ नम्बर पुलमा विरगञ्जबाट हेटांैडाका लागि छुटेको ना ४ ख १५४४ नम्बरको बस, हेटौडाबाट विरगञ्जका लागि छुटेको ना ३ ख ६५८५ नम्बरको ट्रक र हेटौडाबाट विरगञ्जकै लागि छुटेको ना २ ख ८७११ नम्बरको ट्यांकर ओभरटेक गर्ने क्रममा दुर्घटना भएकोप्रहरीले जनाएको  छ ।