एमए दोस्रो वर्षको परीक्षाफल प्रकाशित

कात्तिक ३ , काठमाडौँ -त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७० माघफागुन महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०६९) को (शोधपत्रबाहेक) ग्रामीण विकास र गृह विज्ञान परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ ।

उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com,  www.edusanjal.com, www.tu.ntc.net.np/www.educationkhabar.com मा पनि हेर्न सकिने तथा नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने छ ।