बस र ट्रक ठोक्किंदा १० जनाको मृत्यु

कात्तिक ३, एजेन्सी -पाकिस्तानको दक्षिण–पश्चिम जिल्लामा सोमबार बिहान एक यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा दश व्यक्तिको मृत्यु भएको छ ।यस दुर्घटनामा अन्य २३ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

स्थानीय टेलिभिजन च्यानल डाउनकाअनुसार ३५ भन्दा बढी यात्रु बोकेर प्रान्तीय राजधानी क्वेटाबाट आइरहेको एक बस दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा एक ट्रकसँग ठोक्किँदा दुर्घटनाग्रस्त भएकोे थियो ।

बस र ट्रक एक आपसमा ठोक्किँदा सात जनाको दुर्घटनास्थलमै मृत्यु भएको र बाँकी तीन जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जनाइएको छ । घाइतेमध्ये पनि पाँच जनाको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने चिकित्सकहरूले अनुमान गरेका छन् । लामो बाटोमा सवारीसाधन चलाएर आएको हुनाले चालकलाई निन्द्रा लागेकोले सो दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको छ । रासस,सिन्ह्वा