व्यापार घाटा कम गर्न व्यापार बढाउनु पर्ने

कात्तिक ३, काठमाडौँ-नेपालको एकीकृत व्यापार रणनीति (एनटीआइएस)–२०१०को नतिजा उत्साहजनक नहुनुमा मुलुकमा व्यवसायीमैत्री वातावरणको अभाव मुख्य कारक भएको सरोकारवालाले बताएका छन् ।      एनटीआइएसलाई समयसापेक्ष सुधार गर्ने क्रममा आज आयोजित राष्ट्रिय परामर्श गोष्ठीका वक्ताले सरोकारवाला निकायबीचको समन्वयको अभाव, कमजोर संस्थागत संरचना, नीतिगत सुधारको कमी, उत्पादन वृद्धि हुन नसक्नु मुख्य कारण भएको बताएका हुन् ।  एनटीआइएसअन्र्तगत निर्यातयोग्य वस्तुको सुचीमा राखिएका १९ वटा वस्तु तथा सेवा रहेकोमा अलंैची, अदुवाको निर्यात निकै राम्रो रहेको, चिया, जडिबुटी राम्रो रहेको, पस्मिना र आइरन तथा स्टिल सामग्रीको निर्यात सन्तोषजनक रहेको तर अन्य वस्तुको भने निर्यात नकारात्मक रहेको अध्ययनबाट देखिएको छ ।