एन्फा अध्यक्ष थापाको ठाउँमा श्रेष्ठ सिफारिस

कात्तिक ३, काठमाडौँ –   अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले दुई महिनाका लागि अध्यक्ष गणेश थापालाई हटाएर उपाध्यक्ष ललितकृष्ण श्रेष्ठलाई जिम्बेवारी दिएको  छ । एन्फाले थापासँगै  कोषाध्यक्ष विराटजङ्ग शाहीलाई आज पदमुक्त गरेको छ । आर्थिक अनियमितताको आरोपमा थापामाथी छानबिन भइरहेको छ ।  सङ्घले सातदोबाटोस्थित एन्फा कम्लेक्समा आज पत्रकार सम्मेलन गरी आजै बसेको बोर्ड बैठकबाट अध्यक्ष थापा र कोषध्यक्ष शाहीलाई हटाइएको जानकारी दिएको हो ।एन्फामा भ्रष्टाचार गरेको भन्दै संसदीय लेखा समितिले अध्यक्ष थापा र कोषाध्यक्ष शाहीलाई कुनै पनि काम कारबाही नगर्न आदेश दिएको थियो ।  आजै सम्पन्न बोर्ड बैठकले राष्ट्रिय लिग प्रतियोगिता आगामी मङ्सिर २२ गतेदेखि सञ्चालन गर्ने निर्णयसमेत भएको थियो ।