प्रधानसेनापति उपाधि सेनालाई

कात्तिक ३,  काठमाडौँ-दोस्रो अन्तराष्ट्रिय प्रधानसेनापति महिला फुटबल प्रतियोगिताको उपाधि नेपाली सेनाले हात पारेको छ । सेनाले आयोजना गरेको सो प्रतियोगिताअन्र्गत आज भएको फाइनल खेलमा सेनाले विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)लाई सडन डेथमा १–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

सेनाका कप्तान अन्जली वाइवाले गरेको एक गोल नै सेनाका लागि निर्णायक गोल साबित भयो । उपाधिसँगै सेना टोलीले  रु तीन लाख प्राप्त ग¥यो ।     त्यस्तै उपविजेता बनेको एपिएफले रु एक लाख ५० हजार प्राप्त ग¥यो । खेलको निर्धारित समयसम्म १–१ गोलको बराबरीमा टुङ्गिएको खेल ट्राइब्रेकर पनि दुवै टोलीले बराबरी गोल गरेपछि खेल सडन डेथमा पुगेको थियो ।

प्रतियोगितामा पहिलो अग्रता भने एपिएफले लियो । खेलको २३ आँै मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गदै खाता खोलेकी थिइन् । त्यस्तै खेलको ५३ औँ मिनेटमा सेनाकी दीपा राईले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याइन् ।