प्रचण्ड आफु माथि बसेर देशलाई तल पारे : केपी ओली

कात्तिक ३, काठमाडौँ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले चाहे संविधान बन्न सक्ने तर उनले नचाहेको बताउका छन् । रिपोर्टर्स क्लब नेपालद्धारा आयोजित विशेष साक्षात्कार कार्यक्रममा अध्यक्ष ओलीले संविधान निर्माण गर्न लाग्ने सर्तमा एमाओवादी प्रचण्डलाई राजनीतिक समितिको संयोजक बनाएको तर उनले संविधान ल्याउने बेलामा अनेकन सौदाबाजी गरीरहेको आरोप लगाए । ओलीले ब्यग्यात्मक शैलीमा प्रचण्डलाई प्रहार हान्दै भने संयन्त्रको संयोजक बनेपछि २२ दलका २२ सय मान्छे जम्मा गरेर माघ ८ गते संविधानसभाबाट संविधान जारी हुन नदिने षड्यन्त्रमा लाग्नु आफ्नो खुट्टामा आफै बन्चराले आन्नु शिवाय केही होइन । प्रचण्ड  देशलाई तल पारेर आफू माथि बस्न खप्पिस मानिस भएको र ठूलो हुने योजनामा रहेको दाबी गर्दै उनले भने  ‘देशलाई तल पारेर व्यक्तिलाई ठूलो पार्ने काम आफुले नर्गने बताएका छन् ।