देउसी भैलो अब ९ बजेसम्म खेल्न पाइने

कात्तिक ३, काठमाडौँ -गृह मन्त्रालयले तिहारमा साँझ ७ बजे भन्दा पछि भैलो नखेल्नु भनेको भोली पल्ट फेरि अर्को   उर्दी जारी गर्यो । तिहारमा झिलीमिली बक्ति नबाल्नु भन्ने वाक्यको देशभर आलोचना भयो ।  देउसी भैलोका लागि समय तोक्ने सरकारी निर्णयको चौतर्फी आलोचना भएपछि गृह मन्त्रालयले केही बेरअघि विज्ञप्ति जारी गर्दै साँझ ९ बजेसम्म देउसी भैलो खेल्ने समय कायम गरेको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख  छ । विभिन्न क्षेत्रबाट देउसी भैलोको समय थपका लागि अनुरोध भई आएको उल्लेख गर्दै गृह मन्त्रालयका सहायक प्रवक्ता गंगाबहादुर क्षेत्रीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ुजिल्ला प्रशासन कार्यालयहरुबाट समेत थप समय तोकिएमा जिल्लाको सुरक्षा व्यवस्थालाई नियन्त्रणमा राख्न सकिने प्रतिक्रिया प्राप्त हुन आएकाले समय थपिएको हो।