आयोगका पदाधिकारीद्धारा शपथ ग्रहण

कात्तिक ३, काठमाडौँ-राष्ट्रिय मानव अधिकार आयोगका नवनियुक्त पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।  राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले आयोगका नवनियुक्त अध्यक्ष अनुपराज शर्मालाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । आयोगको अध्यक्ष पदमा शपथ लिएपछि उक्त कार्यक्रम स्थलमै अध्यक्ष शर्माले आयोगका सदस्य प्रकाशचन्द्र वस्ती, मोहना अन्सारी, गोविन्द शर्मा र सुदीप पाठकलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।