जसरी पनि सहमति आवश्यक : नेताहरु

 कात्तिक ३, काठमाडौँ -राजनीतिक दलका नेताले संविधानका ४ मुख्य विबादित विषयलाई जसरी भए पनि टुङग्याउन जरुरी रहेको बताएका छन् । उनीहरुले विवादित विषयलाई सहमतिबाट नभए प्रक्रियाबाट भए पनि निष्कर्षमा पुर्याउनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय जनमोर्चाद्वारा आज यहाँ आयोजित अन्तरक्रियामा दलका नेताले संविधान निर्माण भइसकेपछि पनि संशोधन गर्न मिल्ने भएको हुँदा त्यसमै समय खर्चिनुभन्दा प्रक्रियाबाटै टुङ्गो लगाउन नेतृत्वसँग आग्रह गरे । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले सहमति सहमति मात्रै भनेर मुलुकलाई अनन्तसम्म अनिर्णयको बन्दी बनाउनु पाइँदैन, विवादित विषयलाई प्रक्रियामा लगेर भए पनि जतिसक्दो जाँडो संविधान बनाउनुपर्ने बताए । त्यस्तै नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले एकल वा बहुजातीय आधारमा सङ्घीयता हुन नसक्ने भनी पहिचानवादीलाई दोस्रो संविधानसभाले स्पष्ट मत दिइसकेको अवस्थामा भूगोल वा अन्य आधारमा पाँचदेखि सात प्रदेशसम्मको  सङ्ख्या  बनाउन सकिने बताए ।