दुई दिन अघि बेपक्ता भएका आमा छोरा अझ भेटिएनन्

कात्तिक ३, चितवन-नारायणी नदीले बगाउँदा दुई दिनअघि बेपत्ता भएका आमाछोरा अझै भेटिएका छैनन् ।   कात्तिक १ गते दिउँसो देवघाटस्थित बेनीसङ्गममा नुहाउने क्रममा पश्चिम चितवनको मङ्गलपुर गाविस–२ बस्ने ३४ वर्षीया देवी कँडेल र १३ वर्षीय छोरा सुशील कँडेल बेपत्ता भएका थिए ।     जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाका अनुसार उनीहरूको सशस्त्र प्रहरी विपद् व्यवस्थापन टोली कुरिनटार र नेपाल प्रहरीले खोजी गरिरहे पनि पत्ता लागेको छैन ।   छोरा सुशीललाई बगाएपछि बचाउने क्रममा आमा देवीलाई पनि नदीले बगाएको हुनसक्ने प्रहरीको अनुमान छ ।