पेट्रोलको घटेको मुल्य आजदेखि लागु

कात्तिक ३, काठमाडौँ-नेपाल आयल निगमले हिजो घटाएको पेट्रोलियम पदार्थको मुल्य आजदेखि लागु  भएको  छ ।  घटाएर समायोजन गरिएको मुल्यमा  पेट्रोल दुई रुपैया ५९ पैसा, डिजेल र मट्टितेल दुइ रुपैया ६ पैसा सस्तो भएको निगमले जनाएको  छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले गत बिहीबार नयाँ मूल्य पठाए पनि दुइ दिन ढिला गरी नयाँ मूल्य समायोजन गरेको हो ।  अव पेट्रोलको मूल्य प्रतिलिटर एक सय ३० कायम हुनेछ । यसअघि एक सय ३३ रुपैया ६ पैसा थियो । यस्तै डिजेल र मट्टितेल अव प्रतिलिटर एक सय ३ रुपैयामा पाइनेछ ।