एमालेले सरकरमा सहभागि मन्त्रीसँग छलफल गर्दै

कात्तिक ३, काठमाडौँ-नेकपा एमालेले आज सरकारमा सहभागि मन्त्रीहरुसँग छलफल गर्ने भएको छ । सरकारमा सहभागि मन्त्रीहरुले प्रभाबकारी काम गर्न नसकेको भन्दै एमाले छलफल गर्न लागेको सचिव योगेश भट्राइले  जानकारी दिए । संसदीय दलको कार्यालय सिंहदरबारमा हुने छलफलमा सरकारमा काम गर्दाको अनुभब, सरकारका गतिबिधि लगायत विषयमा छलफल हुने एमालेले जनाएको छ ।