अमेरिकामा ४४८ नेपाली पक्राउ

कात्तिक ३, काठमाडौं– गैर कानुनी तरिकाले अमेरिका प्रबेश गरेको अभियोगमा पक्राउ पर्ने नेपालीको संख्या ह्वात्तै बढेको छ ।युएस डिपार्टमेन्ट फर होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको अमेरिकी आर्थिक वर्ष (सन् २०१३ अक्टोवर १ देखि २०१४ अक्टोबर ३० सम्मको प्रतिवेदन अनुसार गैरकानुनी प्रवेश गर्दा पक्राउ पर्ने नेपालीकोसंख्या अघिल्लो वर्षको तुलनामा दोब्बर देखिएको छ ।
‘इमिग्रेसन इन्फोर्समेन्ट एक्सन्स २०१३’ प्रतिवेदनअनुसार गएको एक वर्षमा ४ सय ४८ जना नेपाली पक्राउ परेका छन्, जबकी अघिल्लो वर्षमा योसंख्या मात्रै २सय ४८ जना रहेको थियो । अमेरिकामा यती ठुलो संख्यामा नेपाली यस अघि पक्राउ परेका थिएनन् । मानव तस्करहरुको प्रलोभनमा परि दक्षिण एसिया, दक्षिणपुर्वी एसिया, मध्यपुर्व, ल्याटिन अमेरिकी राष्ट्रहुँदै अमेरिका प्रवेश गर्ने क्रममा तथा गरिसकेपछि नेपालीहरु पक्राउ परेका हुन् । यसरी पक्राउ पर्नेमा सानो संख्या छोटो अवधिको भिसा लिई अमेरिकामा ओभर स्टे गर्ने पनि छन् ।

प्रतिवेदनअनुसार सन् २०१३ अक्टोबर १ देखि २०१४ सेप्टेम्बर ३० सम्म अमेरिकामा ६ लाख ६२ हजार ४ सय विदेशी पक्राउ परेका थिए । तीमध्ये सीमा सुरक्षा बलले मात्र ४ लाख २० हजार ७ सय ८९ जनालाई पक्राउ गरेको खबर आजको नागरिक दैनिकले प्रकाशित गरेको छ ।