नेताको प्रवृतिमाथि चित्रबहादुरका दुई किस्सा

कात्तिक ३,  काठमाडौं– सैवैधानिक समितिको बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुईवटा कथा हालेका थिए । ती सुनेर शीर्ष नेता पेट मिचिमिची हाँसेका थिए । उनका दुई कथा यस्ता छन् :

संघीयतामा लामालामा कुरा गर्ने तर सहमति नगर्ने नेताको प्रवृतिलाई प्रतिकात्मक रुपमा अथ्र्याउन उनले प्रस्तुत गरेको पहिलो किस्साः
पहिले गाउँमा मुखियाको घरमा तमाखु खाने चलन थियो । आफ्नो बाबु मरेपछि एकजना स्थानीय मुखियाकोमा तमाखु खान गएको थियो । मुखियाले तमाखु हाले,आफैं खाए । त्यो मान्छे मुखियाको तमाखु पर्खेको पर्खै भयो । उल्टै मुखियाले तमाखु नदिन तेरा बाबु कहिले मरेको,के रोग लागेको थियो,के औषधि गराइस् भन्दै लम्बाउँदै लगे । विचरा तमाखु खान पाइन्छ भनेर बसेको मान्छेलाई रिस उठेछ र भनेछ,‘सोमबार बेथा लाग्यो मंगलबार मरे,तमाखु दिनुहोस् न लामा कुरा किन चाहिए ?’
दोस्रो किस्साः
लेकको एक मान्छे बेसी आयो । बेसीं झरेको त्यो मान्छेलाई मालिकले खेत जोत्न पठाएछ । खेतमा पनि गह्राभरि पानी टन्न थियो । खेतै नजोतेको मान्छेले अब कसरी खेत जोत्ने ? उसले त हलोले सही जोत्यो कि जोतेन भन्ने कुरा टम्म भरिएको पानीमा देख्न सकेन र खेत जोत्न सकेन । केसी भन्छन्,‘हो त्यस्तै भएको छ हाम्रो संघीयता । संघीयता हामीले देखेको र चाहेको नभई विदेशीले बोकाइदिएको भारी भएको तर्क नेता केसीको छ,आजको अन्नपूर्ण दैनिकमा यो सामग्री प्रकाशित छ ।