हुदहुदले २० जनाको ज्यान लियो

कार्तिक २, काठमाडौँ-केही दिनअघि देशको हिमाली भेगमा आएको वर्षात् र हिमपहिरोमा परी २० जनाको मृत्यु भएको छ । हालसम्म २१६ विदेशी र १६८ स्वदेशी गरी ३८४ जना पर्यटकको उद्धार गरिएकोसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको  छ । संस्कृति मन्त्री दीपकचन्द्र अमात्यले हुदहुद आँधीका कारण देशको हिमाली भेगमा १४ जना विदेशी र छजना स्वदेशी पर्यटकको मृत्यु भएको जानकारी दिएका छन् ।

असोज २९ गते घटनाबारे जानकारी पाउनासाथ गृह मन्त्रालय, ट्रेकिङ एजेन्ट एसोसिएसन अफ नेपाल (टान)को सहयोगमा हेलिकप्टरको समेत प्रयोग गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरी उद्धार कार्य तथा उपचार जारी राखिएको उनले बताए ।  यस घटनाबाट भविष्यमा पदयात्रा र पर्वतारोहण क्षेत्र सुरक्षित पार्नुपर्ने महसुस भएको मन्त्रालयले जनाएको छ ।