पेट्रोलियम पदार्थको मूल्य घट्यो

कात्तिक २, काठमाडौँ -आज रातिबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमका अनुसार घटाइएको मूल्यमा पेट्रोलमा दुई रुपैयाँ ५९ पैसा, डिजेल र मट्टितेलमा दुइ रुपैयाँ ६ पैसा घटाएको छ ।

इन्डियन आयल कर्पोरेशन ९आइओसी०ले बिहीबार नै नयाँ मूल्य पठाए पनि दुइ दिन ढिला गरी उक्त नयाँ मूल्य समायोज गरेको हो ।
मूल्य घटेपछि अब पेट्रोलको मूल्य काठमाडौंका लागि प्रतिलिटर १ सय ३० रूपैयाँ कायम हुनेछ । अहिले एक लिटर पेट्रोलको मूल्य १ सय ३३ रुपैयाँ ६ पैसा पर्छ ।  त्यस्तै अब घटेको मूल्य अनुसार डिजेल र मट्टितेल प्रतिलिटर १ सय ३ रुपैयाँमा पाइनेछ ।