बलात्कार गर्न खोज्ने पुरुषको यौनाङ्ग चट

कात्तिक ३, काठमाडौँ-भारतको राजस्थानमा एक किशोरीलाई बलात्कार गर्न खोज्ने पुरुषको यौनाङ्ग काटिदिएका छन् ।  राजस्थानस्थित गंगानगरमा आक्रोशित भीडले ती पुरुषलाई मासु पसलमा लगेर लिङ्ग काटेर फालिदिएका हुन् । ती व्यक्तिको नाम सुरेश कुमार बताइएको छ ।

किशोरले गुहार मागेको आवज सुनेपछि जम्मा भएको आक्रोशित भिडले लगभग ४० वर्षीय सुरेशलाई पिट्दै घसिटेर मासु पसलमा पुर्याएका थिए । उनलाई लगभग एक घण्टासम्म पिटिएको र त्यसपछि उनको लिङ्ग काटेर सडकमा त्यतिकै छाडिएको थियो । उनलाई अहिले अस्पताल भर्ना गरिएको छ । प्रहरीले उनको स्थिति निकै नाजुक रहेको बताएका छन् ।

भारतमा पछिल्लो समय बलात्कारको घटना बढ्दै गएकोमा सर्वसाधारणमा निकै आक्रोश बढेको छ । प्रत्यक्षदर्शी मध्ये एक अमिर धवनका अनुसार सुरेशले ‘सेक्स अपराध’ गरेका कारण उनको वचाउमा कोही अघि नबढेको बताए । ‘अहिले हाम्रो देशमा महिलामाथि रेप निकै बढेको छ । अब यो बन्द हुनुपर्छ । यस्ता हर्कत गर्नेलाई यो घटना उदाहरण हुनसक्छ,’ उनले भने । यता, पुलिसले भने यसरी कसैले पनि कानुनलाई आफ्नो हातमा लिन नपाउने बताउँदै यस घटनामा संलग्नहरुलाई अगाडि आउन उर्दी जारी गरेको छ ।