गजल : सामना पाण्डे

मैले रेट्ने सारङ्गीमा तिम्रै धुन छ तिमी आऊ।
साच्चैँ आउने मन छ भने हुन्छ हुन्छ तिमी आऊ।

छोडी गाको ढाकाटोपि मैलिएको छैन अझै
उस्तै हाँसो हाँस्छ हिमाल उस्तै जून छ तिमी आऊ।

फुल्नुपर्छ श्रम पनि लालिगुराँस फुलेसरी
तिर्नुपर्ने यहि माटोको ठूलै गुन छ तिमी आऊ।