रेमिट्यान्स रोमान्स : सौगात संघर्ष

‘आजकाल बेरोजगार केटाहरुले खुब रोजगारी पाएका छन्’ एक बृद्धले सुर्यको धुवाँ उडाउँदै भनिरहेका थिए । ‘साथीभाई बिदेश गाछन र पो हाम्लाई मोज भाछ ।’ कसैले भन्दै थियो । म नसुने झै गरेर उनिहरुको कुरा सुनिरहेको थिएँ । उसको कुरामा थप्दै अर्को एकजना युवाले भन्यो –‘गर्लफ्रेण्ड बनायो पैसाको सत्यानाश कहिले रिचार्ज गर्दे भन्छे, कहिले घुम्न जाउँ भन्छे । उसको अगाडी सानो बन्न मन लाग्दैन ।’ क्याफेमा यी र यस्तै प्रसँगमा कुरा चल्दै थिए । यो समाजमा बरगेल्ती मात्रामा देखिएको तर नलेखिएको बिषय पनि हो । श्रीमान बिदेश भएका केहि महिला वा पुरुषहरुको यौन चाहनाका कारण समाजमा यस किसिमका घटनाहरु सुन्न पाईन्छ । अझै भनौ न यो एउटा बहसको बिषय पनि हो । उनिहरुको रहर हो की बाध्यता ? छलफलकै क्रममा छ ।पृथ्वीचोकमा रहेको एउटा होटलमा हामी चिया खाएर बसिरहेका थियौँ । होटलमा लगभग ३५ वर्ष उमेरको महिला र २२ बर्ष उमेरको पुरुष छिरेर रुम बुक गराए । उनिहरु होटलमा छिरेको एकघण्टा जतिमा बाहिरिएका थिए । त्यसको लगत्तै महिलाले २ प्लेट चाउमिन प्याक गर्न भनिन् । मैले भित्तामा टाँगिएको घडी नियाले दिनको ठिक ३.५० भएको थियो । केटाकेटी स्कुलबाट आउने बेला भएको जानकारी गराउदै चाउमिन पोको पारेर उक्त महिला स्कुटरमा हुँईकिएकी थिईन् । त्यसपछि दिनेश नाम गरेको उक्त युवासँग कुराकानी गर्ने अवसर जुट्यो । स्याङ्जा घर भै हाल नयाँबजार बस्दै आएका उनले भने– ‘लाहुरीनी सुड्डीहरुसँग कहिलेकाही भेट्दा रमाईलो पनि हुन्छ, अलिअलि गाँठ पनि आउछ ।’ कहिलेकाँहि त गल्ति गरेको झै लाग्दैन भन्ने प्रश्नमा उनले भने– ‘मलाई पैसाको आवश्यता उनिहरुलाई यौनको, दुवैको आवश्यकता पुर्ति भएको छ । त्यसैले मलाई गल्ति गरेको जस्तो लाग्दैन् बरु धर्म गरेको झै लाग्छ ।’

विभिन्न प्रकारको बाहना बनाएर उनिहरु घरबाट निस्कने र भेटेपछि बेलुका चाँहि घरनै पुग्न पर्ने भएका कारण यस्ता ग्राहकहरु दिनको समयमा धेरै आउने एकजना होटल व्यबसायीले बताए । यो विषयमा एकजना महिलासँग पनि कुरा गर्ने अवसर मिलेको थियो । लामो समयसम्मको छलफलपछि मात्र उनि केहि बोल्न राजी भईन् । उनको श्रीमान कामको सिलसिलामा दुवई गएको उनले बताईन् । ‘म पनि अरुजस्तै केटी मान्छे हो मेरो पनि रहर हुन्छ, दुखसुखका कुरा शेयर गर्ने मान्छेको आवश्यकता हुन्छ । त्यहि भएर मैले एउटा ब्वाईफ्रेण्ड बनाएको छु । मेरो पति र उसँग बाहेक अरुसँग मैले यौन सम्पर्क पनि राखेको छैन ।’ उनले अझ थप्दै भनिन्–‘ जताभावी बरालिएर हिड्न पो भएन त एकजनासँग सुरक्षित तरिकाबाट सम्पर्क गर्दा फरक पर्दैन, सेक्स भनेको रहरभन्दा बढी प्राकृतिक आवश्यकता हो ।’ तर उनले भनेजस्तो सबैले सुरक्षित सम्पर्क भने नगरेको सरोकारवालाहरुले बताउछन् । अबैध र असुरक्षित प्रकारको यौन सम्पर्कको कारण अहिले गर्भपतनका घटनाहरु बढ्दै गएको चिकित्सकहरु बताउछन् । बगर बसेर पढ्दै आएका सुभाषले भने –‘एकजनासँग सम्पर्क भएपछि अरुसँग पनि चिनजान र भेटघाट हुँदै जान्छ ।’ फोनमा गलत नम्बर डायल भएपछि उनिसँग सम्पर्क भएको सुभाष बताउछन् । उनि अलि सहानभुति राख्दै भन्छन्– ‘उनिहरुको पनि आवश्यकता हुन्छ भावना र चाहना हुन्छ, हामी पुरुषहरु घरमा श्रीमती हुँदाहुँदै बाहीर गर्लफ्रेण्ड बनाएर हिड्छौँ । तर त्यसलाई समाजले हल्का रुपमा लिन्छ । सुरुसुरुमा त मैले पनि पैसाको प्रलोभनमा उनिहरुसँग सम्पर्क राखेँ । पैसा अहिले पनि आउछ तर म उनिहरुको फिलिङ्सलाई पनि बुझ्नुपर्छ भन्ने मान्यता राख्छु ।’

‘मैले साउदीमा गएर दुख गरेर कमाको पैसा लिएर छोरोको बिचल्ली पारेर हिडिछे, उमेरछदाँ बिदेशमा गएर काम गरियो त्यहि पैसाले त्यसैको नाममा जग्गा पनि किने अहिले घर आँउदा न श्रीमती छ न आफुले कमाएर पठाएको पैसा र जग्गा नै छ । घर न घाटको बनियो ।’ लामा थरका एकजना पिडितले लसुन टोक्दै भट्टीमा यस्तो कहानी सुनाए । यस्ता समस्या अहिले हाम्रो समाजमा बिस्तारित हुँदै गएका छन् । यहि समस्याको कारण थुप्रैका घरबारहरु पनि बिग्रिएको उदाहरण हामी देख्न पाउछौँ । बिनाकारण आरोप लगाउने श्रीमानहरुका कारण थुप्रै श्रीमतीहरु शंकाको भरमा पिडित बनेका छन् भने घर फर्कदा बर्षौ बिदेश गएर कमाएको पैसा र श्रीमती दुबै नहुँने श्रीमानहरुको पनि पिडा उस्तै छ । श्रीमान वा श्रीमती बिदेशिएका दम्पतीहरुले परपुरुष वा स्त्रीसँग यौनसम्पर्क राख्नु भनेको बिलाशिता हो या आवश्यकता भनेर निर्णय गर्न लामो छलफलको माग गर्छ । तर परपुरुष वा परस्त्रिसँगको सम्पर्कको बिषयलाई लिएर जिल्ला प्रहरी कार्यालयमा दिनहुँजसो मुद्दा दर्ता हुने गर्छ । श्रीमती नेपाल छाडेर बिदेशिएको श्रीमान नेपाल फर्कदा सम्पति सहित श्रीमती अर्कैसँग भागेको मुद्दाहरु पनि प्रहरी कार्यालयमा छन् । त्यति मात्र होईन श्रीमान स्वदेश आउदा सन्तान उपहार पाएको घटनाहरु पनि बाहिर आएका छन् ।

उक्त प्रकारका घटनाहरुभएमा परस्त्री वा परपुरुषसँग सम्पर्क गरेको थाहा पाएमा वा कसैले उजुरी दिएमा कानुन अनुसार के कारबाही होला छ ? कानुनमा पुरुषहरुको उक्त सम्बन्ध थाहा पाएमा छोडपत्र गर्न मिल्ने कानुन रहेको छ । भने महिलाहरुको हकमा छोडपत्र गर्ने र अंश लिने कानुन छ । कानुन त महिलाले चाहेमा छोडपत्र लिन सक्ने र महिला सम्पतीसहित अर्कोसँग भागेको अवस्थामा पुरुषले चाहेमा ठगी मुद्दा दायर गर्नुपर्ने व्यवस्था छ ।