एमालेको चियापान आज

कात्तिक १, काठमाडौँ-नेकपा एमालेले बडादसैँ, दीपावली, नेपाल सम्वत् ११३५, छठ, वकरइद तथा ल्होसारको उपलक्ष्यमा भोलि शनिबार शुभकामना आदानप्रदान गर्न आज  चियापान कार्यक्रमको आयोजना गरेको छ । नेकपा (एमाले) पार्टी केन्द्रीय कार्यालय मदननगर, बल्खुमा हुने चियापान समारोहमा प्रधानमन्त्री सुशील कोइरालालगायत मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका उच्च अधिकारी, पूर्व प्रम, पूर्व मन्त्री, पूर्व राजदूत र वर्तमान राजदूत, उद्योगपति, अधिवक्ता, पत्रकारहरुलाई आमन्त्रण गरिएको एमालेले जनाएको छ ।

त्यसैगरी, राजनीतिक दलहरुमा नेपाली काँग्रेस, एकीकृत नेकपा  माओवादी, नेकपा–माओवादी, नेकपा (माले), सङ्घीय समाजवादीलगायतका पार्टीका पदाधिकारी, सबै पार्टीका जनवर्गीय सङ्गठनका प्रमुखहरुको चियापानमा सहभागी हुने कार्यक्रम रहेको छ ।  पार्टी सचिव पृथ्वीसुब्बा गुरुङले चियापान व्यवस्थित र सभ्यरुपमा सम्पन्न गर्न तयारी पूरा भएको र शुभकामना तथा चियापान समारोहमा १५ हजारभन्दा बढीलाई निमन्त्रणा गरेको बताए ।

सो समारोहमा १० हजार पार्टी कार्यकर्ता र पाँच हजारभन्दा बढी अन्य अतिथि गरी १५ हजारभन्दा बढीलाई निमन्त्रणा गरिएको छ । चियापान समारोह शनिबार मध्याह्न १२ बजेदेखि ४ बजेसम्म जारी रहने कार्यक्रम तय भएको छ ।  त्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारीले २०५१ सालमा वडादसैँका अवसरमा शुभकामना तथा चियापानको आयोजना गर्नुभएको थियो । त्यसै वर्षदेखि नै हरेक वर्ष चाडपर्वका अवसरमा शुभकामना तथा चियापान कार्यक्रम गर्दै आएको छ ।