बालिका बलात्कार गर्ने गौतम पक्राउ

कात्तिक १, झापा-दक्षिणी झापाको जलथलमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलथल–८ निवासी ४६ वर्षीय रामकृष्ण गौतम रहेका छन् । गौतमले छिमेकी ती बालिकालाई ललाइफकाई कोही पनि नभएको समयमा आफ्नै घरमा लगेर बिहीबार बिहान बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बालिकाका बुबाआमा मजदुरी गर्न गएको मौका छोपी गौतमले बालिकालाई बलात्कार गरेको बताइएको छ । पीडित बालिकाका बुबाआमा अपाङ्ग छन् । उनीहरु  दुवै बोल्न सक्दैनन् ।  पीडितका बुबाआमा अपाङ्ग भएकाले छिमेकीको सहयोगमा जिल्ला प्रहरी कार्यालय झापामा शुक्रबार जाहेरी दिएपछि गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको  छ ।