मन्त्रीको भ्रमणमा सकियो ६८ लाख

कात्तिक १,काठमाडौँ-प्रधानमन्त्रीसहित २३ मन्त्रीले जिल्ला भ्रमणमा राज्य कोषबाट ६८ लाख रुपैयाँ खर्च गरेका छन् । आजको नयाँ पत्रिका दैनिक लेख्छ, प्रधानमन्त्री सुसील कोइराला नेतृत्वको मन्त्रिपरिषद् गठन भएको ५ महिनामा यो रकम खर्च भएको हो । मन्त्रीहरुले जिल्ला भ्रमणमा जाँदा हवाइटिकट, दैनिक भ्रमण भत्ता र होटलबासमा खर्च गरेका हुन् ।

तर श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले जिल्ला भ्रमण खर्चका नाममा कुनै रकम नलिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गत आर्थिक वर्ष ०७०, ७१ मा मन्त्रीहरुले जिल्ला भ्रमणमा ८६ लाख ९४ हजार २ सय ८८ रुपैयाँ खर्च भएको छ ।

प्रधानमन्त्री सुशील कोइरालाले १ लाख ३० हजार ५ य ८०, उपप्रधानमन्त्री बामदेव गौतमले ३ लाख ४५ हजार, उपप्रधानमन्त्री प्रकाशमान सिंहले ५ लाख १० हजार, अर्थमन्त्री रामशरण महतले २ लाख ७७ हजार, संचारमन्त्री मिनेन्द्र रिजालले ५ लाख १७ हजार, परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले ७५ हजार, महिला राज्यमन्त्री निलम केसीले २६ हजार खर्च गरेका हुन् ।