प्रेमी र बलात्कारका कारण बढ्दै कुमारी आमा

कात्तिक १, गुल्मी-दुर्गम गाँउ दर्लिङ ५ की धनी विश्वकर्माको छोराको उमेर १५ वर्ष पुग्यो । १६ वर्ष पुगेपछि नेपाली नागरिकता बनाउने कानुनी व्यवस्था भएपनि अहिलेसम्म उनका बाबुको पहिचान हुन सकेको छैन ।

कान्तिपुर दैनिक लेख्छ, सुरुमा धनीले नै धेरैलाई छोराको बाबु दाबी गरेपछि स्थानीयले समेत पहिचान गराईदिन नसक्दा अहिलेसम्म समस्यामा छन् । दर्लिङ २ कै सुस्त मनसिथतिकी एक युवतीको छोरा ६ वर्षको पुग्दा समेत बाबुको पत्तो छैन । बोल्न नसक्ने ती किशोरीलाई कसले बलात्कार गर्यो भन्ने पत्तो नलाग्दा छोराको बाबु खोज्न नै समस्या परिरहेको छ । दर्लिङका विभिन्न गाँउमा मात्र यस्ता आमा ५ जना छन् ।

अन्तरजातीय विवाहको प्रभोलन देखाउँदै ३ वर्षअघि धुर्कोटबस्तु ३ का रामचन्द्र पाण्डेले १२ वर्षीया किशोरीसँग सम्बन्ध राखे । किशोरी गर्भवती भएपछि दलितलाई बुहारी स्वीर्कानुपर्ने बाध्यतताले पाण्डे परिवारले गाउँ नै छाडे । ती किशोरी अहिले अलपत्र छिन् ।