बार्गेनिङ गर्दै दलहरु

कात्तिक १, काठमाडौँ-संघीयता र शासकीय स्वरुपमा प्रमुख तीन दलका नेताहरु औपचारिक रुपमा आआफ्नो अडानमा रहे पनि सहमतिका लागि मिलनविन्दु खोज्ने जमर्को गरिरहेका छन् । आफैले गरेको प्रतिबद्धताअनुरूप माघ ८ मा संविधान जारी नभएमा एकले अर्कोलाई खुईल्याउने त्रास उनीहरुमा देखिन्छ । यसैले तीन दल राम्रो भन्दा पनि माघ ८ मा जसरी पनि संविधान जारी गर्नुपर्ने दिशामा उन्मुख छन् ।

सहमतिका लागि अनौपचारिक र औपचारिक तहमा श्रृखलाबद्ध भएका छलफलमा  संघियता सबभन्दा पेचिलो बहस बनेको छ । बार्तामा बस्ने एक नेताका अनुसार प्रदेशको संख्या, नाम र सिमाकंनमा कांग्रेस, एमाले र एमाओवादी बीच टफ बार्गेनिङ चलिरहेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

टफ बार्गेनिङमा एमाओवादी भर्सेज कांग्रेस र एमाले देखिएका छन ।  कांग्रेस र एमाले साझा नाम दिएर बढीमा सात प्रदेशमा जानुपर्छ भन्ने र जातिय पहिचानको नाम दिएर १० प्रदेशमा जानुपर्छ भन्ने एमाओवादीबीचको मिलन विन्दु के हुन सक्ला हो, यहिँ बीचबाट हामी सहमति खोज्दैछौ अनौपचारिक तहमा भएका कतिपय समझदारी पुर्ण छलफल सार्वजनिक गर्दा वातावरण विथल्ने कारण जनाउदै बार्तामा खटिएका एक नेताले भने,राजधानीलाई केन्द्र शासित प्रदेश मानेर जाने हो भने अधिकतम नौ र राजधानीलाई छुट्टै प्रदेश नमान्दा ८ सम्ममा जान सक्ने देखिएको छ ।