सार्वजनिक सवारीको भाडा बढ्ने

असोज ३१, काठमाडौँ-यातायात व्यवसायी र सरकारी निकायबीच कात्तिक १५ देखि सार्वजनिक यातायातमा करिब ६ प्रतिशत भाडा बढाउने सहमति भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालका अनुसार लामो दूरीका यात्रुवाहक बसमा ५ दसमलव ६३ प्रतिशत, मालवाहक सवारी पहाडी रुटमा ५ दसमलव २७ प्रतिशत र तराईको गन्तव्यमा ५ दसमलव २१ प्रतिशत बढ्ने छ ।

यस्तै सहरी क्षेत्रमा चल्ने सार्वजनिक सवारीमा प्रति ४ किलोमिटरमा १ रुपैयाको औसतमा बढ्छ । ट्याक्सी भाडा चाहि १ किलोमिटरमा ६ रुपैया ५८ पैसा बढ्ने छ ।