प्राज्ञसभाको पहिलो बैठक कात्तिक १६ मा

असोज ३१,काठमाडौं-नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञसभाको पहिलो बैठक आगामी कात्तिक १६ गते यहाँ हुने भएको छ । सोही दिन नै मनोनीत प्राज्ञसभासद्लाई सपथ दिलाइने सदस्यसचिव प्रा डा जीवेन्द्रदेव गिरीले बताउनुभयो ।प्राज्ञसभासद्मा मनोनीत २४ र प्राज्ञ परिषद्का सदस्य ११ तथा पदेन सदस्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव रहनुहुन्छ ।