निष्कर्ष विहिन बन्यो सम्बाद समिति

असोज ३१, काठमाडौँ-संविधानसभाको सबैभन्दा शक्तिशाली मानीएको संवैधानिक तराजनीतिकब संवाद समितीको म्याद थप गरिएको समयमा पनि  दलहरुले संविधानका विवादित विषयमा   सहमति गर्न असफल भएका छन् । समितीले प्रश्नावली बिनाकै प्रतिवेदन संविधानसभामा पठाइने भएको छ । सहमति जुटाउने जिम्मा पाएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले पटक–पटक थपिएको अवधिमा समेत सहमति जुटाउन नसकेपछि सहमति र असहमतिका बूदालाई पुरानै ढर्रामा संविधानसभामा पठाउन लागीएको समितीका सदस्य भिम रावलले जानकारी दिए । सहमतिका लागि प्राप्त अन्तिम दिन आज पनि संबिधानका बिबादीत विषयमा सहमती जुटाउन प्रमुख दलहरु असफल भएका छन् । बैठकपछि नेता रावलले कुनै निर्णय नभएकोले समितिलाई यस अघिको जस्तै अपुरो प्रतिबेदन संबिधानसभालाई बुझाउन सुझाब दिइएको बताए । यसैबिच आजै बसेको सम्बाद समिति बैठकले सहमति भएको र हुन बाँकी बिषय समेटिएको प्रतिबेदन संविधानसभा समक्ष पेश गर्ने सहमति गरेको छ ।