आजदेखि फेरि भद्रगोल

असोज ३१,काठमाडौं-टेलिसिरियल ‘भद्रगोल’ आजदेखि नेपाल टेलिभीजनबाट नै प्रसारण हुने भएको छ । ‘भद्रगोल’ केही हप्ता रोकिएको थियो ।  सिरियल बन्द हुँदा विभिन्न हल्ला बजारमा चलेको थियो । कसैले टिमभित्र कलह पैदा भएको अड्कल लगाए त कसैले एक मुख्य कलाकारकै निधन भएको समेत हल्ला चलाए । तर सिरियलका निर्देशक शंकर आचार्य भन्छन्,‘बजरमा चलेका सबै हल्ला निराधार हुन् ।

एनटिभीले हरेक आर्थिक वर्षमा कार्याक्रमहरुको समय हेरफेर गर्ने चलन छ । सोही अनुरुप ‘भद्रगोल’ को प्रसारणमा रोकावट आएको निर्देशक आचार्यले प्रस्टाए । मिडिया हवले प्रस्तुत गरेको सिरियलको ४८ भाग प्रसारण भइसकेको छ । सुवास कार्कीको निर्माण रहेको सिरियलले छोटो समयमै चर्चा कमाएको थियो ।

दसैंलाई लक्षित गरेर बनाइएको श्रृखला प्रसारण हुन नपाएकोले शुक्रबार देखाउन लागिएको छ । असान्दर्भिक लागे पनि निर्माण टोलीको बाध्यतालाई बुभिmदिन निर्देशक आचार्यले आग्रह गरे । उनी आफैं पनि सिरियलका मुख्य कलाकार हुन् ।