प्रहरीको नयाँ पोसाक आजबाट लागु हुने

असोज ३१,काठमाडौं-नेपाल प्रहरीले आजदेखि पोसाक परिवर्तन गर्दैछ । जनपथ प्रहरीमा चुस्ता कम्ब्याट ड्रेस विस्थापन गरी निलो रङको नयाँ पोशाक लागू गर्न लागेको नेपाल प्रहरीले जनाएको  छ । स्रोतका अनुसार अहिलेसम्म चुस्ता नागरिक मैत्री नभएको र सशस्त्र प्रहरीको पोसाकसँग मिल्दोजुल्दो भएको भन्दै प्रहरी प्रधान कार्यालयले पोसाक परिवर्तन गरेको हो । नेपाल प्रहरीमा दुई किसिमका पोसाक प्रयोगमा थिए । पहिलो चरणमा आजदेखि उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा नयाँ पोसाक लागू हुदैछ ।