समावेशी नभएको भन्दै संसदीय सुनुवाइ बहिष्कार

असोज ३०, काठमाडौँ-संसदीय सुनुवाइ विशेष समितिको बैठक प्रारम्भ हुनासाथ केही सभासद्ले आजको संसदीय सुनुवाइ बहिष्कार गरेका छन् ।   समितिका सभापति गोपालमान श्रेष्ठले बैठक प्रारम्भ गर्नासाथ खुम्बुवान राष्ट्रिय मोर्चाका रामकुमार राईले आयोगका लागि प्रस्तावित पदाधिकारी समावेशी नभएको भन्दै सो सुनुवाइ बहिष्कार गरेको जानकारी दिए । त्यसपछि उनीलगायत थरुहट पार्टीका गोपाल दहित, तमलोपाका कमलेश्वरपुरी गोस्वामी, राष्ट्रिय जनमुक्ति पार्टीका शिवलाल थापा र नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशी बैठक कक्षबाट बाहिरिएका थिए ।