सोलुमा एक महिनामा १ बालीका बलात्कृत

असोज ३०, सोलुखुम्बु-सोलुखुम्बुमा एक वर्षमा १० जना बालिका बलात्कृत भएका छन् ।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्कअनुसार गत असोज महिनादेखि एक वर्षको अवधिमा १० जना बालिका बलात्कृत भएको मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको हो । बालिका बलात्कार गर्ने सबैलाई प्रहरीले पक्राउ गरेर कानुनी कारबाही अघि बढाएको छ ।  बलात्कारमा परेकाहरू धेरैजसो आफन्त तथा छिमेकीहरूबाट पीडित रहेका छन् । बालिकाहरूलाई ललाइफकाई बलात्कार गरेको पाइएको प्रहरी नायब उपरीक्षक योगबहादुर पालले जानकारी दिए । जिल्लामा बालिकामाथि बलात्कारका घटना बढ्दै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।