मन्त्री उपस्थिति नभएका कारण आधाघण्टा बैठक स्थगित

असोज ३०, काठमाडौँ-व्यवस्थापिका–संसद्को आजको बैठकमा एकजना पनि मन्त्री उपस्थिति नभएका कारण आधाघण्टाका लागि बैठक स्थगित भएको छ ।  हाल मन्त्रिमण्डलमा २४ जना सदस्य रहेका छन् । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा चलिरहेका कारण संसद् बैठकमा मन्त्रीहरूको अनुपस्थित भएको बताइन्छ । संसद् बैठक सञ्चालनका लागि अनिवार्य रूपमा एकजना भए पनि मन्त्रिमण्डलका सदस्य आवश्यक पर्ने भन्दै नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले बैठकमा प्रश्न गरेका थिए । यसपछि सभामुख सुवास नेम्वाङले मन्त्रिमण्डलका सदस्यको उपस्थितबिना बैठक सञ्चालन हुन सक्दैन भन्ने जानकारी दिएका थिए ।