सबै विभागीय टोली सेमिफाइनलमा

असोज ३०, काठमाडौँ-नेपाल पुलिस, एपिएफ र त्रिभुवन आर्मी क्लबको पुरुष टोली दोस्रो एनभिए कप क्लब च्याम्पिनयसिप भलिबलको सेमिफाइलन पुगेका छन्। तीनै विभागीय टोलीले समान दुई जित पाएका छन्। समूह ‘ए’ को एपिएफले बुधबार काभ्रे जिल्ला भलिबल टिमलाई २५–१०, २५–१०, २५–९ को सोझो सेटले पराजित गर्‍यो।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा आर्मीले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरमाथि २५–१४,२५–११, २५–१६ को नतिजा निकाल्यो। पुलिसले नयाँ टोली हेल्प नेपाल स्पोर्टस क्लबलाई हराउन चार सेट खेल्नुपर्योम। पुलिसले २५–१९, २१–२५, २५–२१, २५–१३ को नतिजा निकाल्यो। समूह ‘ए’ रहेका एपिएफ र आर्मीसँग ६ अंक छ। बिहीबार यी दुईबीचको खेलबाट समूह विजेता टुंगो लाग्नेछ। पुलिस ‘बी’ मा दुई खेल जित्ने एक्लो टोली हो।
हेल्प नेपालले दोस्रो सेटको सुरुआतमा ५–१ ले अग्रता लिँदै लगातार अंक जोडिरहँदा पुलिसका क्विक स्पाइकर सञ्जय अर्यालले अंक लिए। पुलिसले हेल्पको लय रोक्ने प्रयास गरे पनि डिफेन्समा कमजोर हुँदा पहिलो सेटमा सफल भएन। हेल्पले १२–६ ले अग्रता लिँदै खेलमा सुधार गर्योस।
हेल्पले १५–९ ले अगाडि रहँदा पुलिसका प्रशिक्षकले बायाँहाते ब्याक स्पाइकर देव शर्माको स्थानमा डिफेन्स शमशेर चन्दलाई कोर्टमा पठाए। तेस्रो सेटमा सुरुआतदेखि ५–५ को बराबरी खेल्दै पुलिसलाई चुनौती दिएको थियो। पुलिस १४–१३ ले अघि हुँदा हेल्पका लिफ्टर भरत थापा घाइते भए। त्यसले हेल्पको प्रदर्शनमा असर पर्दै गयो।
हेल्पका प्रशिक्षक पूर्ण चौलागाईंले पुलिसजस्तो सफल टोलीसँगको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए। उनले भने, ‘हामीले क्षमताअनुसार उत्कृष्ट खेल्ने कोशिस गर्यौंस। पुलिस हामीभन्दा सबै पक्षमा अगाडि छ। तर हामीले सहज जित्ने अवसर दिएनौं।’
उनले पुलिससँग हारे पनि फाइनल पुग्ने सम्भावना बाँकी रहेको बताए। मंगलबार हेल्प नेपालले ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरलाई २५–४, २५–१४, २५–१८ ले हराएको थियो। बिहीबार भक्तपुर र हेल्पबीचको विजेता सेमिफाइनल पुग्नेछ।