मानवअधिकार आयोगका प्रस्तावितहरुको सुनुवाइ शुरु

असोज ३०,काठमाडौँ-राष्ट्रिय मानवअधिकार आयोगका प्रस्तावित अध्यक्ष र सदस्यहरुको संसदीय सुनुवाइ शुरु भएको छ । सुनुवाइकोलागि समितिको बैठक सिंहदरबारमा जारी छ । समितिको हिजोको बैठकमा प्रस्तावित पदाधिकारीविरुद्ध परेको उजुरीका सम्बन्धमा उजुरीकर्तासँग सोधपुछ भएको छ ।  पदाधिकारीसँग त्यसबारे जवाफ मागिने संसदीय सुनुवाई समितिले जनाएको छ । आजको बैठकले प्रस्तावित पदाधिकारीको सार्वजनिक सुनुवाइ गरी उहाँहरूको नाम अनुमोदन गर्ने वा अस्वीकृत गर्ने निर्णय गर्नेछ ।

सम्बेधानिक परिषदले आयोगका अध्यक्षमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा तथा सदस्य सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाशचन्द्र वस्ती, अधिकारकर्मी सुदीप पाठक, राष्ट्रिय महिला आयोगकी पूर्व सदस्य मोहना अन्सारी र वरिष्ठ अधिवक्ता गोविन्द शर्मालाई सिफारिष गरेको छ ।