आज विश्व खाद्य दिवस मनाइदै

असोज ३०, काठमाडौँ-‘ ३४ औं विश्व खाद्य दिवस पारिवारिक खेती, सबैलाई खुवाऔं, पृथ्वीलाई जोगाऔँ’ भन्ने नाराका साथ देशभर मनाइदैछ । विश्वको खाद्य समस्यालाई एकताबद्ध रुपमा सम्बोधन गर्ने उद्देश्यले  हरेक वर्ष अक्टोबर १६ मा दिवस मनाउने गरिन्छ । नेपालको परिप्रेक्ष्यमा करिब ३६ जिल्लामा बसोवास गरेका करिब २४ प्रतिशत नागरिक खाद्यान्न उपभोग गर्नबाट वञ्चित छन् । नेपालमाभने २०३८ सालदेखि विश्व खाद्य दिवस मनाउन शुरु गरिएको हो ।