सम्वाद समितीको दोस्रो पटक थपिएको म्याद आज सकिदै

असोज ३०, काठमाडौँ-संबिधानका बिबादीत विषयमा सहमती जुटाउन दोस्रो पटक थपिएको संबिधानसभा अन्र्तगतको संबैधानिक राजनीतिक सम्बाद तथा सहमती समितिको म्याद निष्कर्ष विहिन बन्ने निश्चितप्राय भ इसकेको छ । समितीको दोस्रो पटक थपिएको म्याद आज सकिन लाग्दा पनि दलहरु सहमतिमा पुग्न सकेका छैनन् ।

सहमतिमा बिलम्ब भइसक्दा पनि आ–आफ्नो अडानबाट पछि नहट्दा संबिधानका मुख्य बिबादीत विषयमा सहमती जुट्न सकेको छैन । समितिलाई आज सम्म सहमतीकोलागि पहल गर्ने र सहमती नभए प्रकृयामा जान प्रश्नावली तयार पार्न भन्दै असोज मशान्तससम्मको समय दिइएको थियो ।
सहमतीमा बिबादीत विषय टुंग्याउने अन्तिम दिन आजपनि समितिले बिहानैदेखि छलफल शुरु गरेको छ । समिति कार्यालय सिंहदरबारमा जारी बैठकमा बिबादीत विषयमा सहमतीको प्रयास भैरहेको छ ।