दलको स्वार्थ मुलुकको हितका लागी काम गरौँ ओली

असोज २९, काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको हितका निम्ति मात्र उपयुक्त हुने प्रदेशको माग गर्न आग्रह गरेका छन् । अध्यक्ष ओलीले अनुपयुक्त र असम्भव प्रदेशको माग कसैले गर्न नहुने बताएका छन् । एमाओवादीका अध्यक्ष दाहालसँग आफ्नो संसदीय दलको कार्यालयमा भेटेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले नेपालमा १२५ जातजाति र १२३ भाषाभाषी छरिएर रहेको समाज सङ्घीयतामा जाँदा कुनै समस्या नआउने गरी निर्णय गर्नुपर्ने बेला आएको भन्दै उपयुक्त समयमा उपयुत्तः निर्णय गर्न आग्रह गरेका छन् । आफ्नो दलको स्वार्थभन्दा माथि उठेर देशको हितका लागि प्रदेशको सङ्ख्याका बारेमा सोच्नुपर्ने बताउँदै अध्यक्ष ओलीले सामथ्र्यका आधारमा मात्र प्रदेश तोकिनु तार्किक हुन्छ, होइन भने भोलि प्रदेश सरकारको सञ्चालन र पूर्वाधार निर्माणको खर्चमा नै कम्तीमा ५० वर्ष लाग्न सक्छ, अनि विकास र समृद्धिको हाम्रो सपना के हुन्छ रु” भन्ने प्रश्न तेर्स्याएका छन् ।