संवाद समितिको म्याद थप्न माग

असोज २९, काठमाडौँ- संविधानका विवादित विषयमा सहमति नभए संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको म्याद थप्नुपनेएकीकृत माओवादीसहित २२ दलीय मोर्चार्ले निष्कर्ष निकालेको छ । बुधबार बसेको मोर्चाको बैठकले सहमतिका लागि ३१ गतेसम्म अधिकतम पहल गर्ने तर सहमति नभए संवाद समितिको म्याद थप्न आग्रह गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले पुर्वनिधारित विरोधसभालाई प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । संविधानका अन्र्तवस्तुमा सहमति नभए प्रश्नावली बनाउने अन्तिम म्यादका दिन २२ दलले काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएका छन् । २२ दलमा एकीकृत माओवादी तथा तराई मधेस आधारित पाँच दल र संघीय समाजवादी पार्टी छन् । २२ दलभित्र रहेका अन्य दुई मोर्चामा संविधानसभामा रहेका तथा नरहेका ससाना पार्टीहरु छन् ।