आर्थिक विधेयक बहुमतले पारित

असोज २९, काठमाडौँ -व्यवस्थापिका–संसद्को आजको बैठकले आर्थिक विधेयक, २०७१ लाई बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री डा रामशरण महतले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । यस्तै राष्ट्र ऋण उठाउने विधेयक, २०७१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत भएको छ । यसैगरी ऋण तथा जमानत (बीसौँ संशोधन) विधेयक, २०७१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकले बहुमतले स्वीकृत गरेको छ । त्यसअघि उक्त विधेयक फिर्ता लिन नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले माग गरेका थिए । यसअघि विधेयकका दफावार छलफलमा भाग लिँदै नेमकिपाका प्रेम सुवालले विप्रेषणबाट प्राप्त रकम सवारीसाधनलगायत विलासिताका सामग्री खरिद गर्दा राज्य कोष क्रमशः रित्तिँदै गएको गुनासो गरेका थिए ।