वीर अस्पतामा पेइङको सट्टा ओपिडी, एकसय ५० मा हुने उपचार २० रुपैयाँमा

असोज २९, काठमाडौं-वीर अस्पतालले दिउँसोको ‘पेइङ’ सेवालाई साधारण ओपिडीमा परिवर्तन गर्ने भएको छ । अस्पतालको नयाँ व्यवस्थाले प्रतिटिकट एक सय ५० रुपैयाँ लिएर गर्ने उपचार अब २० रुपैयाँमा हुने भएको छ । वीर अस्पतालमा दिउँसो एकदेखि चार बजेसम्म प्रतिटिकट एकसय ५० रुपैयाँ लिएर पेइङ सेवा सञ्चालित थियो । तर, अब सोही समयमा २० रुपैयाँमै परीक्षण हुने ओपिडी सेवा सञ्चालन गर्न लागेको हो । तिहारलगत्तै दिउँसोको पेइङ सेवाको सट्टा ओपिडी सेवा सञ्चालन गर्ने तयारी वीर अस्पतालले गरेको नयाँ पत्रिकामा खबर छ । नयाँ व्यवस्थासँगै तिहारपछि वीरमा बिहान र दिउँसो गरी दुई सिफ्टमा ओपिडी सञ्चालन हुनेछन् । बिहानको ओपिडी नौदेखि एक बजेसम्म र दिउँसोको ओपिडी एकदेखि चारबजेसम्म सञ्चालन हुनेछ ।