गंगामायाको स्वास्थ बिग्रदै

असोज २९, काठमाडौ-गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था दिन दिनै नाजुक बन्दै गएको छ । छोरा कृष्णप्रसादको हत्यारालाई कारवाहीको माग गर्दै लामो समयदेखि वीर अस्पतालमा आमरण अनसनमा बसेकी  सँगै अनसनमा रहेका श्रीमान नन्दप्रसादको गत असोज ६ गते मृत्यु भएको थियो ।

त्यसपछि सरकार र मानब अधिकारकर्मीहरुका तर्फबाट निरन्तर प्रयास गर्दा पनि गंगामायाको अनसन तोडाउन सकिएको छैन । कान्तिपुर दैनिकमा समाचार छ । अधिकारी दम्पत्तीका १७ वर्षे छोरालाई ०६१ सालमा तत्कालिन माओबादीले अपहरण गरी हत्या गरेको आरोप छ ।

त्यसपछि उनीहरु न्यायका लागि निरन्तर लडेका हुन् । ०७० कार्तिकको ७ गतेदेखि निरन्तर अनसनमा बसेका यी दम्पत्ती मध्ये नन्दप्रसादको ३ सय ३३ दिनमा मृत्यु भएको थियो । गंगामाया भने हालसम्म वीर अस्पतालकै बेडमा अनसन बसिरहेकी छिन् ।