हुदहुद आँधीका कारढण जनजीवन कष्ठकर बन्दै

असोज २९, काठमाडौ-अस्ति बेलुका देखि भारतमा आएको हुदहुद आँधीका कारण नेपालको जनजिवन कष्टकर बनेको छ । यद्यपी मौषममा आजदेखि क्रमिक सुधार आउने मौसम पुर्वानुमान महाशाखाका अधिकृत बरुण पौडेलले जनाएका छन् ।  पूर्वी बङ्गालको खाडीबाट फैलिएको हुदहुद नामको सामुद्रिक आँधीका कारण मौसम बदली भई हिजो देशभर पानी परेको थियो ।विभागका अनुसार आजदेखि मौषयमा क्रमिक सुधार हुने र भोलीदेखि मौसममा पूर्णरूपमा सुधार आउने छ । सोमबारदेखि राजधानी काठमाण्डौमा भैरहेको वर्षा गएरातीदेखि रोकिएको छ ।