एमाओवादीले छान्यो सभासद

असोज २९, काठमाडौं-एमाओवादीले आफ्नो पार्टीका तर्फबाट मनोनीत हुने चार सभासदको नामबारे प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएको छ ।  आजको कान्तिपुर दैनिक लेख्छ  तिनमा दिवंगत पोष्टबहादुर बोगटी पत्नी राममाया बोगटी, पूर्वसचिव जनक जोशी, वाम विश्लेषक श्याम श्रेष्ठ र बझाङ पार्टी अध्यक्ष जनक बुढा छन् ।