दुर्घटनामा चारको मृत्यु,एक गम्भीर

असोज २८,  चितवन-चितवनको दारेचोक गाविस वडा नं ९ फिस्लिङमा आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किदा चारजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।     काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बा३च ५५१६ नम्बरको कार र विपरीत दिशाबाट जा“दै गरेको ना४ख ४४१ नम्बरको ट्रक एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  दुर्घटनामा परी कारमा सवार पाँचजनामध्ये दुईजनाको घटनास्थलमै र  दुईजनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा काठमाडौँ लप्सीफेदीका ५२ वर्षीय साधुराम तिवारी, ३५ वर्षीय सरोज तिवारी, ३० वर्षीया ललिता तिवारी र ३५ वर्षीय चालक सिर्जन पोख्रेल रहेका छन् । दुर्घटनामा घाइते भएका एकजनाको अवस्था गम्भीर रहेको र उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।  ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ ।