फुटको संघारमा माओवादी

असोज २८, काठमाडौँ -तीन वर्षअघि एमाओवादीबाट विभाजित भएर बनेको नेकपा-माओवादी फुटको संघारमा पुगेको छ। महासचिव रामबहादुर थापा र सचिव नेत्रविक्रम चन्दको विवादका कारण पार्टी फुट्न लागेको खबर आजको अन्नपूर्णमा खबर छापिएको छ।

एमाओवादीसँग पार्टी एकताका पक्षमा उभिएका थापा र विपक्षमा उभिएका चन्दबीच विवाद बढ्दै गएको छ। विवाद चर्कदै गएपछि थापा र चन्दले एक अर्कालाई निषेध गर्न थालेका छन्। संगठनात्मक संरचनामा आ-आफ्नै पकड जमाउन थापा र चन्दको होडबाजी बढेपछि केन्द्रदेखि तल्ला कमिटिसम्म विभाजनको रेखा कोरिएको छ।