ईडिभि चिठ्ठा खुल्यो

असोज १६, काठमाडौँ-अमेरिकामा कानुनी रुपमा स्थायी बसोबास र काम गर्न पाउने ईडिभि चिठ्ठा सन २०१६ अनलाइन आवेदन दर्ता गएरातिदेखि खुलेको छ । इच्छुक व्यक्तिले ३० दिन भित्र अर्थात कार्तिक १६ गते सम्म अनलाइन मार्फत आवेदन दर्ता गर्नु पर्ने छ । डाइभरसिटी चिठ्ठामा सहभागि हुन कुनै शुल्क नलाग्ने र आवेदन दर्ता विद्युतीय रुपमा डब्लु डब्लु डब्लु डट डिभि डट स्टेट जिओभि मा गई तोकिएको समय भित्र गर्न सकिने अमेरिकी दुतावासले जनाएको छ । विगतका बर्षहरुमा जस्तै यस पटक पनि चिठ्ठा पर्नेलाई अमेरिकामा स्थायी बसोबासका लागि लगिने अमेरिकी दुतावासले जनाएको छ । नतिजा सार्वजनिक भएपछि चिठ्ठा परे नपरेको जानकारी पनि सोही वेभसाइड मार्फत नै हेर्नसकिने छ ।