तलेजु मन्दिर आज रातिदेखि खुला गरिने

असोज १६, काठमाडौँ-काठमण्डौंको हनुमानढोकास्थित तलेजु मन्दिर सर्वसाधारणको दर्शनका लागि आजरातिदेखि खुला गरिने भएको छ ।
प्रत्येक वर्षको नौरथाको महानवमीका दिन सर्वसाधारणका लागि मन्दिर खुला गरिने प्रचलन छ । आज अपरन्हदेखि नै महानवमी लग्नु भएकोले राति देखि नै खुला गरिने भएको हो ।
राजा प्रताप मल्लको पालामा निर्माण गरिएको सो मन्दिरमा तलेजु भवानीको मूति रहेको छ । प्राचीनकालदेखि नै मल्ल राजाका इष्ट देवताका रुपमा भवानी देवीलाई पूजा गर्ने प्रचलन रहेको छ ।