आज महाअष्टमी पर्व घरघरमा मनाइँदै

असोज १६, काठमाडौँ-बडादसैँको आठौं दिन आज मुलुकभर दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । आजको दिन दसैंघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको बिशेष पूजाआजा गर्ने गरिन्छ ।
आज काठमाडौं उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङकटा, बज्रबाराहीलगायतका मन्दिरहरुमा बलि चढाउने र पूजा आराधना गर्नेहरुको बिहानदेखि घुइँचो लागेको छ ।